हाजिर जमानीमा दुर्गा प्रसाईं रिहा

0
136

नेपालगन्ज,२५ माघ ।स्वास्थ्यव्यवसायी दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा गरिएका छन्। 

प्रसाईंलाई गत शुक्रबार नेपाल प्रहरीले काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। उनीमाथि निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाइएको थियो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं यसअघि पनि सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका थिए।

गत माघ ५ गते पोखराबाट पक्राउ परेका उनलाई भोलिपल्ट माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो।

प्रसाईं विभिन्न अभिव्यक्ति तथा गतिविधिका कारण पछिल्लो समय विवादमा रहँदै आएका छन्। यसपालि पनि अनुसन्धानको प्रक्रिया जारी रहँदै हाजिर जमानीमा रिहा गरिएको ब्युरो स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here