नरैनापुरमा लागु पदार्थ दुब्यसर्न न्युनिकरण बारे सडक नाटक

0
16

बांके,२७ भदाै । सदरमुकाम नेपालगन्ज लगायत अन्य स्थानिय तहकाे तुलनामा बिकट र अबिकसित मानिएकाे नरैनापुरमा आज बालबालिकाहरुले सडक नाटक प्रदर्शन गरेकाछन । अन्य स्थानिय तहकाे तुलनामा नरैनापुरमा बालअधिकार सम्बन्धि गतिबिधि कमै हुने गरेकाेले बालबालिकाहरुकाे याे प्रयासलाई स्थानियहरुले अर्थपूर्णरुपमा लिएका छन । सामाजिक बिकास मञ्च बाँके र नरैनापुर गांउपालिकाकाे समन्वयमा नवकिरण बालक्लव संजाल नरैनापुरले साे नाटक प्रदर्शन गरेका हुन । वर्ल्ड भिजन नेपालकाे सहयाेगमा सञ्चालित हातेमालाे परियाेजना अन्तरगत संजालले साे सडक नाटक गरिएकाे सामाजिक बिकास मञ्चका संयाेजक ब्रिजेन्द्र यादवले बताएकाछन ।नरैनापुर गांउपालिका वडा नम्बर १ सुईया चाेकमा गरिएकाे सडकनाटकमा लागुपदार्थ दुब्यसर्न न्युनिकरण, घरेलु हिंसा राेकथाम, बाल बिवाहले पार्ने नकारात्मक प्रभाव तथा बालश्रम न्यूनीकरण लगायतकाे सन्देश समेटिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here