हातेमालाे परियाेजनाकाे वार्षिक समीक्षा सम्पन्न

0
10

बाँके,२७ भदाै । सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीले बिचमै पढाइ छाेडने संख्या न्युनिकरण गर्न बालबालिका केन्द्रित कार्यक्रमलाई निरन्तरता दिनुपर्ने एक कार्यक्रमका सहभागी हरुले बताएका छन । साथै पाेषण अवस्थामा पनि सुधार ल्याउन तथा जाेखिमपुर्ण अवस्थामा रहेका बालबालिकाहरुकाे संरक्षण ,बिकास र सहभागिता जस्ता मुलभुत आवश्यकताकाे बिषयमा स्थानिय सरकारकाे विशेष याेगदान हुनुपर्ने साे कार्यक्रममा बताईएकाे थियाे । वर्ल्ड भिजन नेपालकाे सहयाेगमा सामाजिक बिकास मञ्च बांकेद्वारा सञ्चालित हातेमालाे परियाेजनाकाे जिल्ला स्तरिय सल्लाहकार समितिसंग गरेकाे वार्षिक समीक्षा बैठक तथा सामाजिक परिक्षणका सहभागीहरुले साे कुरा बताएका हुन । सामाजिक बिकास मञ्च बांकेद्वारा जिल्लाकाे नरैनापुर र जानकी गाउंपालिकामा हातेमालाे परियाेजना सञ्चालनमा रहेकाे छ । शनिवार नेपालगन्जमा सम्पन्न साे समीक्षा कार्यक्रममा परियाेजना अवधीमा सञ्लालन भएका गतिबिधि र क्रियाकलापबारे जानकारी, परियाेजनाकाे प्रमुख प्रगति तथा प्रमुख उपलब्धीहरुकाे प्रस्तुतिकरण, सामाजिक परिक्षणबाट प्राप्त प्रतिबेदन तथा निष्कर्षहरुकाे प्रस्तुतिकरण गरिएकाे थियाे । समीक्षा बैठकमा सहभागी सराेकारवाला सल्लाहकारहरुबाट प्रस्तुत प्रतिबेदन माथि व्यापक छलफलपछि निष्कर्षहरुमाथि पनि समीक्षा गरेकाे परियाेजनाका फाेकल पर्सन घनश्याम उपाध्यायले बताए । यस्तैगरि छलफलमा देखिएका चुनाैतीहरु तथा सराेकारवालाकाे सहयाेग र परियाेजनाकाे दिगाेपनाकाे लागि आगामी कार्यदिशा तथा कार्यबुंदाहरु समेत निर्धारण गरिएकाे थियाे । सामाजिक बिकास मञ्च बांकेकि उपाध्यक्ष पार्वती घिमिरेले सञ्चालन गरेकाे समीक्षा कार्यक्रममा जिल्ला समन्वय समित बांकेका प्रमुख ज्ञानेन्द्र कुमार बर्मा, नरैनापुरका गांउपालिका प्रमुख सैयद ईस्तियाक अहमद शाह, उपप्रमुख जयन्ती देवि श्रीवास्तव, जानकी गांउपालिका प्रमुख छब्बन खान , प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय,दुबै पालिकाका वडाध्यक्ष तथा बिषयगत शाखाप्रमुखहरु , सामाजिक बिकास मञ्च का पदाधिकारीहरु परियाेजना अधिकृत लगायत ५० जना भन्दा बढीकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रम संस्थाका अध्यक्ष चम्पसिंह थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here