जेनजी आन्दोलनबारे छानबिन आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

0
83

नेपालगन्ज,१ चैत्र ।सरकारले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न सरकारले कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।

जलवायु कार्य गर्नको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि अर्यालले जानकारी दिए ।

‘२०८२ भदौ २३ र २४ को प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको छ,’ बैठकपछि अर्यालले भने, ‘ओमप्रकाश अर्याल, गुल्मीलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।’

मध्यपूर्वमा बढ्दो तनावका कारण प्रभावित नेपाली नागरिकको उद्धार तथा व्यवस्थापनका लागि विभिन्न देशका दुतावासमार्फत व्यवस्था मिलाउने निर्णय भएको पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here