सेयर सदस्यलाई वित्तीय साक्षरता मार्फत आर्थिक विकासमा जोड्दै आशा लघुवित्त

0
164

टाईम्स सम्बादाता
नेपालगन्ज , २ चैत
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बाँकेको खजुरामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने नाराका साथ संचालनमा रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले हरेक वर्ष वित्तीय साक्षरता मार्फत सेयर सदस्यलाई आर्थिक विकासमा सक्रिय बनाउँदै आएको छ ।
सोमबार खजुरामा भएको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठीमा सेयर सदस्यहरुलाई लघु वित्त के हो, समुह कसरी संचालन गर्ने, बचत, विमा, विप्रेषण, कर्जा, ऋणका बारेमा जानकारी गराइएको थियो ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख सिता परियारको अध्यक्षतामा भएकोमा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठीको उद्घाटन समारोहमा खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुर्ण बहादुर भण्डारी, इलाका प्रहरी कार्यालय धनौलीका वरिष्ठ सई लोकेन्द्र सिंह ठकुरी, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत सचितानन्द सिंह, शाखा प्रमुख देवीराम पराजुली लगायतको कार्यक्रमको सफलताको लागि शुभकामना दिनु भएको थियो ।
देशभर १ सय ३३ शाखा कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पश्चिम नेपालमा पछिल्लो समय उत्कृष्ट ढंगले काम गर्दै आएको छ । गत भदौं देखि आफुले शाखा प्रमुखको रुपमा जिम्मेवारी लिएपछि सेयर सदस्यहरुलाई लघु वित्तको कारोबारका बारेमा सक्रिय बनाएर आर्थिक विकासमा सहयोग गर्ने कार्य गरेको देवीराम पराजुलीले बताउनु भयो । १ हजार ८ सय ५९ जना सेयर सदस्य रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार ३ सय १६ जनालाई ऋण प्रवाह गरेको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ करोड, ३१ लाख ९६ हजार ८ सय ६७ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत तर्फ ४ करोड ११ लाख ४५ हजार ५ सय २९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here