सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

0
124

नेपालगन्ज,५ फाल्गुन । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ रूपैयाँ निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख २ हजार ८०० रूपैयाँ तथा एक तोला चाँदीको मोल ४ हजार ८६० रूपैयाँ निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख ५ हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ रूपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here