शुधान्सु कोईरालाका लागि संगसंगै मत माग्दै मतदाता

0
150

नेपालगन्ज,११ फाल्गुन । बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला सोमबार मनिकापुर पुग्दा स्थानीय नाथे कुर्मी पनि सँग–सँगै घरदैलोमा निस्किए । घरदैलो गर्दै शुधान्सुलाई मतदान गर्न उनले गाउँका मतदाताहरुलाई आग्रह गरे । मतदाताहरुलाई उनले भन्दै थिए, ‘पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको भतिजा हुन् शुधान्सु कोइराला, यिनलाई तपाईंहरु आफ्नो मत दिएर जिताउनुस्, यिनी भ्रष्टाचार गर्दैनन्, विकास पनि गर्छन् ।’

आफ्नो परिवार र आफन्त सबैले बाँकेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने कुर्मीले बताए । अरु पार्टीको भन्दा यस पटक नेपाली कांग्रेसले युवा र योग्य उम्मेदवार उठाएकाले नेपालगन्ज–२० मनिकापुरका अधिकांश मतदाताले यस पटक शुधान्सुलाई नै मतदान गर्ने उनको विश्वास छ । कुर्मी जस्तै मनिकापुरका जोगिन्द्रप्रसाद यादवले कोइराला परिवारमा अहिलेसम्म कसैलाई भ्रष्टाचार र कुनै पनि गलत काम गरेको दाग नलागेकाले बाँकेको क्षेत्र नम्बर २ मा शुधान्सु योग्य उम्मेदवार रहेको बताए ।

‘चुनावी मैदानमा रहेका उम्मेदवारहरुको अनुहार हेर्दा शुधान्सु कोइराला नै योग्य उम्मेदवार देखिन्छन्, यिनलाई अरु उम्मेदवारसँग तुलना गर्न मिल्दैन,’ उनले भने । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गरेर जिताउन यादवले आग्रह गरे ।घरदैलोका क्रममा मतदातामा देखिएको उत्साह र मायाले आफू उच्च मनोबलका साथ अगाडि बढिरहेको उम्मेदवार कोइरालाले बताए । ‘मैले मतदाताहरुको आशिर्वाद पाइरहेको छु, म एकदमै खुसी छु,’ उनले भने । घरदैलोका क्रममा अधिकांश मतदाताले आफूले मतदान गरेर जिताएको प्रतिनिधि सधैं सम्पर्कमा रहनुपर्ने, दुःख सुखमा साथ दिनुपर्ने र शिक्षा, स्वास्थ्य, विकास निर्माणका काममा ध्यान दिनुपर्ने सुझाव दिएको उम्मेदवार कोइरालाले सुनाए । आफूले मतदाताहरुलाई विश्वास दिलाउने काम गरिरहेको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा भएको घरदैलोका क्रममा उम्मेदवार कोइरालासहित नेपाली कांग्रेस नेपालगन्ज-२० का वडा सभापति खगेन्द्र न्यौपाने, कांग्रेस नेतृ एवम् लुम्बिनी प्रदेशकी सांसद मिना बोहरा (सिद्धिकी), महासमिति सदस्य एवम् पूर्ब प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, युवा नेता रबिन्द्र लामिछाने, नवीन रेग्मी, राम गोपाल बर्मा, भोला बर्मा, राजेन्द्र कुर्मी, मोबिन बागवान, सन्तोषकुमार बर्मा, दिपेन्द्र रेग्मी, सन्तोष शर्मा लगायतको उपस्थिती रहेको थियो ।

उम्मेदवार कोइरालाले सोमबार नै डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित खाला मसाहा, उचा मसाहा, सिधनिया, लोनियनपुरुवा लगायत गाउँमा घरदैलो गरेको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को निर्वाचन प्रचार-प्रसार सचिवालयले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here