नेपालगन्ज,१ चैत्र ।नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । पार्टीले पाएको २० मध्ये १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर नाम पठाउने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी कांग्रेसका ६२ सांसद हुने छन् । उनीहरूमध्ये ३३ प्रतिशत (२१ जना) महिला प्रतिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ ।
त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला उम्मेदवार छान्नुपर्ने र त्यसै बमोजिम गरिएको चालिसेले बताए । चालिसेका अनुसार आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ ।









