मूलपानीमा गोली हानेर प्रहरीले समात्यो १० लुटेरा

0
62

नेपालगञ्ज,१५ माघ काठमाडौँको मूलपानीबाट प्रहरीले लुटेरा समूहलाई पक्राउ गरेको छ। लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। यसक्रममा १० जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईप्रहरी घाइते भएका छन्। गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन्।

आरोपीहरूले उपत्यकाका विभिन्न स्थानबाट लुटपाट आतङ्क मच्चाउँदै आएका थिए। रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो।

पक्राउ परेकाहरूको नाम सार्वजनिक भएको छैन। यससम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here