नेपालगन्ज,१ चैत्र ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो ।
समानुपातिकमा अटाउनेहरुमा खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिलातर्फ खुस्बु ओली र जनजाती महिलाबाट सरस्वती लामा रहेका छन् ।
समानुपातिक बन्द सूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकले विषम परिस्थीतिमा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने र ज्ञानेन्द्र शाहीलाई विजयी गराउने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै शाहीलाई बधाई दिने निर्णय समेत गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।










