इरानमा फसेका विद्यार्थीहरुलाई बाहिरिन अनुमति

0
106

एजेन्सी समाचार ,१८ फाल्गुन ।पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका विद्यार्थीहरुलाई राहत दिँदै तेहरानले देशको शैक्षिक संस्थानहरुमा अध्ययनरत विदेशी नागरिकहरुलाई आफ्नो भूमि बाहिर निस्कन अनुमति दिने घोषणा गरेको तसनीम न्यूजले जनाएको छ ।

यस बाहेक, विद्यार्थीहरुलाई उनीहरूको अन्तिम परीक्षाहरुमा उपस्थित हुन र उनीहरुको सोध पत्रको लागि पछि अनुमति दिइने र जसको मितिहरू पछि घोषणा गरिने देशको शिक्षा मन्त्रालयललाई उदृत गर्दै तस्नीम न्यूजले उद्धृत गरेको छ ।

हाल इरानमा विश्वविद्यालय र सार्वजनिक संस्थाहरू अस्थायी रूपमा बन्द भएका छन् भने अन्तर्राष्ट्रिय उडानहरू ठप्प गरिएको छ । भारतीय अधिकारीहरूले आफ्ना विद्यार्थीहरूलाई इरान छोड्न आग्रह गर्दै बारम्बार सुचना जारी गरेका छन्, तर हवाई क्षेत्र बन्द भएकाले निकासी प्रयासहरू जटिल भएको जनाएको छ ।

तेहरान, उर्मिया र अन्य क्षेत्रका विद्यार्थीहरूले अस्पताल र शैक्षिक संस्थाहरू लगायत आवश्यक सेवाहरूमा सीमित पहुँचको सामना गरिरहेका छन् भने आगामी १५ दिनका लागि सञ्चालन स्थगित गरेको छ ।

तसनीम न्यूजले इरानबाट विदेशी विद्यार्थीहरुलाई बाहिरिन अनुमती दिएको जनाउदै मन्त्रालयले सबै विश्वविद्यालयहरू देशबाट बाहिर निस्कन चाहाने विदेशी विद्यार्थीहरुलाई आवश्यक सहयोग प्रदान गर्ने र अन्तिम अवधिको परीक्षा सञ्चालनका लागि वैकल्पिक समय घोषणा गर्ने जनाएको छ ।

आर्मेनिया र अजर–बैजान जस्ता छिमेकी देशहरुमा निकासी मार्गहरूमा मार्ग दर्शन प्रदान गर्दै भारतीय दूतावास विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहेको जनाइएको छ । यद्यपि, अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रतिबन्ध र निरन्तरको मिसाइल आक्रमणका कारण अधिकारीहरुले तत्काल निकासी एक जटिल चुनौती बनेको स्वीकार गरेका छन् ।

विद्यार्थी र परिवारहरुले सुरक्षा, सञ्चार ढिलाइ र सहायतामा चिन्ता व्यक्त गरेका छन् भने संकटको बीचमा उनीहरुको सुरक्षित फिर्ती सुरक्षित गर्न समन्वित अन्तर्राष्ट्रिय प्रयासहरुको आवश्यकतालाई जोड दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here