साउदीमा विश्वकै ठूलो अरामको तेल रिफाइनरीमा इरानले गर्यो भयानक आक्रमण

0
112

एजेन्सी,१८ फाल्गुन । साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी ‘अरामको’को रिफाइनरीमा इरानले भयानक आक्रमण गरेको छ । रोयटर्सका अनुसार ड्रोन आक्रमणपछि साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले सोमबार आफ्नो रास तनुरा तेल रिफाइनरी बन्द गरेको छ ।

रिपोर्ट अनुसार रिफाइनरी बन्द भएको खबरसँगै ब्रेन्ट क्रुड तेलको मूल्य ९.३२ प्रतिशतले बढेको छ । साउदी अरामको विश्वकै सबैभन्दा ठूला तेल तथा ग्यास कम्पनीमध्ये एक हो । यो पूर्ण रूपमा साउदी अरब सरकारको स्वामित्वमा छ ।

कम्पनीको स्थापना सन् १९३३ मा अमेरिकी कम्पनीहरूसँगको सम्झौताअनुसार भएको थियो । सन् १९८० मा यो पूर्ण रूपमा साउदी सरकारको नियन्त्रणमा आएको हो । यसको मुख्यालय धहरानमा रहेको छ ।

अरामकोसँग विश्वका सबैभन्दा ठूला तेल भण्डारमध्ये एक रहेको छ । यसले दैनिक लाखौँ ब्यारेल कच्चा तेल उत्पादन गर्छ, जसका कारण यो विश्व ऊर्जा बजारको प्रमुख आपूर्तिकर्ता बनेको छ ।

साउदी अरबको अर्थतन्त्र ठूलो हदसम्म यही कम्पनीको आम्दानीमा निर्भर छ। अरामकोले कच्चा तेल उत्पादन मात्र होइन, रिफाइनिङ, पेट्रोकेमिकल्स र प्राकृतिक ग्यास क्षेत्रमा पनि काम गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here