तोलाको १४ हजार ४ सयले बढ्यो सुन

0
73

नेपालगन्ज,२१ माघ ।नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ। हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here