निर्वाचन सुरक्षाका लागि संवेदनशील क्षेत्रमा खटिँदै एआइजी

0
132
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

नेपालगन्ज,२३ माघ ।निर्वाचन सुरक्षालाई व्यवस्थित सुरक्षित बनाउन नेपाल प्रहरीले प्रदेशमा एआइजीहलाई अनुगमनका लागि खटाएको छ । निर्वाचन सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै एआइजीहरूलाई प्रदेशको अनुगमनका निम्ति खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी केही प्रदेशका जिल्लाहरुमा केही समयमा लागि एसएसपीहरु पनि खटाउन लागिएको छ । कोशी प्रदेशको झापा, मधेश प्रदेशका जिल्लाहरु धनुषा, सर्लाही र पर्सामा एसएपी खटाउन लागिएको छ । यस्तै बागमती प्रदेशको चितवनमा पनि एसएसपी खटाउन लागिएको छ । एआइजीहरुको अनुगमन प्रतिवेदन आएपछि एसएसपीहरुलाई खटाउने प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

‘उनीहरूको अनुगमन प्रतिवेदनका आधारमा फागुन पहिलो सातादेखि जिल्लामा एसएसपी र केहीमा एसपीहरूलाई थप मद्दत टोलीका रुपमा खटाइने छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । स्रोतका अनुसार फागुनको पहिलो हप्ताभित्र एआइजीको प्रतिवेदन आउने र त्यही बेलादेखि निर्वाचन अवधिभर एसएसपीहरु पठाउन लागिएको हो ।

‘यो निर्णय फागुनको पहिलो हप्ताबाट शुरु हुनेछ,’ स्रोतले भन्यो । प्रहरी प्रधान कार्यालयमा रहेका एआईजीहरूलाई पालैपालो सातै प्रदेशको अनुगमन गर्न पठाइएको छ । अहिले कोशी प्रदेशमा मानवस्रोत विकास विभागमा कार्यरत एआइजी राजन अधिकारीले अनुगमन गरिसकेका छन् । अहिले प्रदेश समन्वय विभागमा कार्यरत एआइजी डम्बरबहादुर बिक मधेश प्रदेशको समग्र सुरक्षा स्थिति अनुगमनका निम्ति खटिएका छन् ।

एआइजीहरूको अनुगमन र सम्बन्धित प्रदेशका डीआइजीहरूको सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले आवश्यक जिल्लामा थप टोली पठाउने भएको हो । नेपाल प्रहरीले हालसम्म झापा र सर्लाही, चितवन, धनुषा, पर्सा जिल्लालाई उच्च सुरक्षा चुनौतीयुक्त जिल्लाका रुपमा विश्लेषण गरेको छ ।

त्यसबाहेक अन्य जिल्लामा पनि उम्मेदवारको स्थिति र विगत निर्वाचनका घटनाका आधारमा संवेदनशील जिल्ला तोकिने तथा त्यसअनुसार प्रहरी जनशक्ति खटाइने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । यसैगरी प्रहरीले निर्वाचनका लागि अनुशिक्षण थालिम दिइसकेको छ । प्रहरीले बल प्रयोग लक्षित, मानवअधिकारको विषयहरु अनुशिक्षणको दिइएको छ । साथै विशेष कमाण्ड बनाइसकेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खुला सीमा नाकामा पनि ‘काउण्टरपार्ट’सँग समन्वय भैरहेको छ । ‘निर्वाचन सुरक्षालाई भरपर्दो बनाउने प्रहरीको कसरत कायम रहेको छ,’ डिआइजी अविनारायण काफ्लेले भने । जिल्ला सुरक्षा समितिको रिपोर्ट अनुसार मतदान केन्द्रमा ८ देखि ८० जनासम्म प्रहरी खटाउन लागेको हो । नेपाल प्रहरीको हकमा ७५ हजार ४७३ प्रहरी खटाउन लागेको हो । फागुनको पहिलो साता नै प्रहरी खटिन लागेको हो । प्रतिनीधि सभा निर्वाचन एकिकृत सुरक्षा २०८२ अनुसार प्रहरी परिचालन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here