नेपालगन्ज,३ फागुन ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी वातावरणबारे अझै सन्देश रहे पनि अब चुनाव हुनसक्ने बताएका छन्।
चुनावी प्रचारका लागि आइतबार झापा पुगेका ओलीले भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वातावरण नबने पनि अब चुनाव हुने बताएका हुन्।
‘चुनावी वातावरण त यसै भन्न सकिन्नँ, अझै हामीलाई सन्देह छ। यो सरकारले जान्ने कुरा हो।’ ओलीले थपे, ‘चुनाव त म हुन्छ भन्ने ठान्छु अब।’
यसअघि एक साता आफ्नो चुनावी क्षेत्र झापा ५ मा केन्द्रित भएका ओली ८० वटा टोलमा पुगेर घरदैलो गरेका थिए। यसपटक पनि सकेसम्म बढी ठाउँमा पुगेर मतदाता भेट्ने उनले बताए।
यसपटक उनको घरदैलो दमकमै बढी केन्द्रित हुने बताइएको छ।










