रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटना

0
104

नेपालगन्ज,१८ फाल्गुन ।रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप–२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको बताइएको छ ।

दुईवटा बुथका लागि सामान बोकेर गएको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडीमा मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here