नेपालगन्ज, १४ माघ । .चितवनमा एक महिनाको अवधिमा स्क्रब टाइफसका २७ जना बिरामी भेटिएका छन्। गएको पुस महिनामा स्क्रब टाइफसका २७ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
चितवनमा हाल स्क्रब टाइफसका बिरामीको संख्या घट्दै गएको छ। यसअघि मंसिरमा २९ जना बिरामी भेटिएका थिए।
आर्थिक वर्ष २०८२/८३ को साउनमा ६८, भदौमा ९५, असोजमा ११७, कार्तिकमा ७४ र मंसिरमा २९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो।
चितवनमा हालसम्म स्क्रब टाइफस संक्रमितको संख्या ५२६ पुगेको छ। ७ हजार ७२६ जनाको परीक्षण गर्दा ५२६ जनामा संक्रमण भेटिएको कार्यालयले जनाएको छ।







