नेपालगन्ज,२१ माघ ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी प्रचारका लागि मधेश प्रदेश जाने भएका छन्।
उनी आज बुधबार साँझ ५ बजे विमानमार्फत मधेश प्रदेशको राजधानी जनकपुर पुग्ने कार्यक्रम छ।
देशभरका १ सय २० क्षेत्रमा उम्मेदवार उठाएको उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ भने काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन्।
उनी केही दिन मधेशका विभिन्न जिल्लामा पुगेर आफ्ना उम्मेदवारको प्रचार प्रसारमा संलग्न हुने उनको सचिवालयले जनाएको छ।










