सराेकारवालाहरु द्वारा हातेमालाे परियाेजनाकाे अनुगमन

0
12

बाँके, २६ भाद्र । स्थानिय तहमा हुने याेजना तर्जुमा तथा बजेट बिनियाेजनका बेला बालबालिकाहरुकाे मुद्दा ओझेलमा पर्ने गरेकाेले हरेक याेजना तर्जुमाका बेला बालबालिकाहरुलाई पनि सहभागी गराउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जाेड दिएका छन । उनीहरुले पालिका र वडाहरुकाे बजेट बालबालिकामैत्री हुन नसकेकाे गुनासाे गरेका छन । अब आगामी दिनहरुमा बालबालिकाहरुकाे चाैतर्फी बिकास हुने खालका याेजना निर्धारण तथा बजेट बिनियाेजन गर्न सराेकारवाला निकाय संग उनिहरुले जाेड दिएका छन । वर्ल्ड भिजनकाे सहयाेगमा सामाजिक बिकास मञ्च बांकेले नरैनापुर गाउंपालिकामा सञ्चालन गर्दै आईरहेकाे हातेमालाे परियाेजनाकाे अनुगमन तथा सेवाग्राही हरु संगकाे छलफल कार्यक्रममा सहभागी बालबालिकाहरुले साे कुरामा जाेड दिएका हुन । सामाजिक बिकास मञ्चले (एसडिएफ) नरैनापुरमा सञ्चालन गरेकाे परियाेजना अन्तरगत बिद्यालय र स्वास्थ्य संस्थाहरुलाई सहयाेग गरेकाे सामानहरुकाे सदुपयाेग र लाभग्राही हरुमा पारेका सकारात्मक प्रभाव काे बारेमा पालिकास्तरिय सराेकारवालाहरुकाे सल्लाहकार समितिले अनुगमन गरेकाे छ । अनुगमनका क्रममा लाभग्राही तथा सराेकारवाला बीच परियाेजनाकाे दिगाेपनाकाे बारेमा अन्तरक्रिया समेत गरिएकाे थियाे । अन्तरक्रियामा सहभागी हरुले संस्थाले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम समुदायस्तरमा समेत बिस्तार गर्नुपर्ने, सेवासुबिधाकाे सदुपयाेग भईरहेकाे निरिक्षण गर्न संस्थागतरुपमा प्रभावकारी निरिक्षण कमिटि हुनुपर्ने, हरेक बिद्यालयहरुमा प्राथमिक उपचार किट्स दिनुपर्ने लगायतका सुझाव दिएका छन । एसडिएफले हातेमालाे परियाेजना मार्फत नरैनापुर गांउपालिकाका ६ वटा स्वास्थ्य संस्था , दर्जन बढि बिद्यालय , बालक्लब र बालक्लब संजालहरुमा जस्तापाताका टहरा, पानी सप्लाई सामाग्री, फिल्टर , काठकाे पुस्तक र्याक, कक्षाकाेठामा कार्पेट, क्यारेम बाेर्ड, टिभी, व्हाईट बाेर्ड, बर्थिंग सेन्टरका लागि बेड लगायतकाे सामाग्री उपलब्ध गराएकाे कार्यक्रम संयाेजक ब्रिजेन्द्र कुमार यादवले बताए । संस्थाले शुक्रबार वडा नं १ देखि ५ नम्बर वडासम्मका विभिन्न बिद्यालय, स्वास्थय चाैकी,बाल क्लब संजाल तथा धार्मिक अगुवा हरु मार्फत सञ्चालन भएकाे सेवा सुबिधा बारे अनुगमन गरेकहाेाे । अनुगमनमा नरैनापुर गांउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव , प्रमुख प्रशासकिय अधिकृत नवराज वलि वडाध्यक्ष प्रेम मौर्य , मनाेज शर्मा वडा सदस्य रामफेरन यादव लगायतका जन प्रतिनिधि , नरैनापुर पालिकाका बिषयगत शाखा प्रमुखहरु तथा कार्यक्रम संयाेजक लगायतकाे सहभागिता रहेकाे परियाेजना संयाेजक भीम बहादुर शार्कीले बताए । यसैबीच संस्थाले शुक्रबार नै जानकी गाउंपालिकामा सञ्चालित परियाेजनाकाे समेत सराेकारवाला समितिले अनुगमन गरेकाे जनाएकाे छ । जानकी गांउपालिकामा गरिएकाे सराेकारवालाकाे अनुमरगमनमा जिल्ला समन्वय समिति बांकेका सभापति ज्ञानेन्द्र कुमार बर्मा, जानकी गाउंपालिका अध्यक्ष छब्बन खां, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय विभिन्न वडाका वडाध्यक्ष तथा बिषयगत शाखा संयाेजकहरुकाे सहभागिता रहेकाे हातेमालो परियाेजनाका फाेकल पर्सन घनश्याम उपाध्यायले बताए । हातेमालाे परियाेजना जिल्लाकाे नरैनापुर, जानकी र राप्तीसाेनारी गाउंपालिकाकाे १ सय बढि सामुदायिक बिद्यालय तथा मदरशा र स्वास्थ्य संस्थाहरुमा काम गरिरहेकाे फाेकल पर्सन उपाध्यायले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here