मतदान सकिएको २४ घण्टामै मत परिणाम सार्वजनिक गर्ने तयारी

0
118

नेपालगन्ज १२ फाल्गुन ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्र सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना पनि आयोगले बनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी तत्काल मतगणना कार्य सुरु गरिनेछ ।

‘मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्ने हाम्रो योजना छ,’ उनले भने । उनका अनुसार समानुपातिकतर्फ मत गणना गर्न एक दुई दिन लाग्न सक्छ । आयोगका अनुसार उपत्यका बाहिर मतपत्र पठाउने काम सकिएको छ भने काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म मतपत्र पठाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here