आजराती १२ बजेदेखि निर्वाचन प्रचारप्रसार गर्न पाउने

0
101

नेपालगन्ज,३ फागुन ।आजराती १२ बजेदेखि राजनीतिक दल, उम्मेदवार तथा तीनका भ्रातृ सङ्गठनले निर्वाचन प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आयोगको पूर्व निर्धारित तालिका अनुसार राजनीतिक दल, उम्मेदवार, शुभेच्छुक तथा तीनका भातृ सङ्गठनहरूलाई आज राती १२ बजेदेखि फागुन १८ गते राती १२ बजेसम्म प्रचारप्रसार, सभा, गोष्ठी, घरदैलो लगायतका कार्यक्रम गर्न दिइने जानकारी दिनुभयो ।

उक्त कार्यक्रम गर्दा राजनीतिक दल तथा उम्मेदवारले आयोगमा प्रतिबद्धता जाहेर गरेबमोजिम आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

आचारसंहिता उलङ्घन भएको पाइएमा सचेत गराइने देखि दण्ड जरिवाना साथै उम्मेदवारी खारेजी सम्मको सजायको व्यवस्था रहेकोले निष्ठा पूर्वक आचारसंहिताको परिपालना गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

प्रचार प्रसार सम्बन्धी के गर्ने र के गर्न नहुने भन्ने विषयमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६४ बुँदामा जानकारी गराइएको बताउनुहुँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले ती विषयको पूर्ण रुपमा परिपालना गर्नुपर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा आयोगका सचिव कृष्ण बहादुर राउत, प्रवक्ता नारायण प्रसाद भट्टराई लगायत उपस्थित हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here