आज ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस 

0
136

नेपालगन्ज,७ फाल्गुन । आज ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवस  नेपाल सरकारले   टुँडिखेलको सैनिक मञ्चमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

विसं. २००७ सालमा भएको क्रान्ति पछि १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।

टुँडिखेलमा आयोजित सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश लगायत विभिन्न राजनीतिक दलका नेता लगायत, विशिष्ठ व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here