आफू प्रहरी भएको बताउँदै लाखौँ ठग्ने व्यक्ति पक्राउ

0
123

नेपालगन्ज,२५ माघ ।आफू प्रहरी भएको बताउँदै लाखौँ ठगी गर्ने दीपक थापा मगर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयलाई रकम दिएमा दोषीलाई छुटाइदिने भन्दै ४० वर्षीय थापाले ५ लाख रुपैयाँ ठगी गरेका थिए। नुवाकोटको लिखु-१ घर भएका थापा काठमाडौँको नेपालटारमा बसोवास गर्दै आएका थिए।

हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाई दिन्छु भनी उनले उक्त रकम ठगेका थिए।

हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा मंसिर १५ गते गते पक्राउ परेका शेर्पाकी आमासँग उक्त रकम थापाले उक्त रकम लिएका थिए।

प्रहरी टोलीले माघ १९ गते काठमाडौँको बानियाँटारबाट नियन्त्रणमा लिएको थियो। 

थापामाथि काठमाडौँ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here