बैतडीमा ‘ईभी हाइस’ दुर्घटना, चालकको मृत्यु

0
78

नेपालगन्ज,२५ माघ ।बैतडीमा ‘ईभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र ०२–००१ ज ०६२४ नम्बरको सो हाइस सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा परी चालक दोगडाकेदार–५ का मदन ठगुन्ना गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए।

हाइसमा चालकमात्र थिए। दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here