नेपालगञ्ज,१९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन परिचालन मूल समितिका सदस्यहरू चयन गरेको छ ।
पार्टीको बाँके २ सचिवालयद्वारा जारी पत्रअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गर्दै नेपालगन्ज उपमहानगरपालिकाका २१ वडा र डुडुवा गाउँपालिकाका ६ वडाका सभापतीहरूलाई निर्वाचन प्रचार–प्रसार मूल समितिको सदस्यमा चयन गरिएको हो । चयन गरिएका सदस्यहरूले आगामी दिनमा निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी र सशक्त बनाउने जिम्मेवारी पाउनेछन् । पार्टीले उहाँहरूको भूमिका र योगदानलाई उच्च मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरेको छ ।
उक्त निर्णय निर्वाचन सञ्चालन मूल समिति, प्रतिनिधि सभा क्षेत्र नं. २, बाँकेका संयोजक बुद्धि सागर सुवेदी द्वारा हस्ताक्षरित आधिकारिक पत्रमार्फत सार्वजनिक गरिएको हो ।










