नेपालगन्ज, १४ माघ
टाईम्स सम्बाददाता
बाँकेको नरैनापुर, ६ सोनबर्षामा ५ कुण्डीय गायत्री यज्ञ शुरु भएको छ । माघ १२ गतेदेखि शुरु भएको गायत्री यज्ञ ७ दिन सम्म चल्ने बताईएको छ ।
अखिल बिश्व गायत्री परिवार शान्तिकुन्ज हरिद्धारको तत्वाधानमा श्री भगवती देवी शर्माको जन्मशताब्दी बर्ष शान्तीकुञ्ज हरिद्धारमा परमपुज्य गुरुजी द्धारा प्रज्वलित अखण्डद्धीपको सताब्दी पुरा भएको उपलक्ष्यमा यज्ञ आयोजना गरिएको गायत्री यज्ञ आयोजक गायत्री प्रज्ञापीठका कोषाध्यक्ष मृतुन्जय सिँहले बताउनु भयो ।
गायत्री यज्ञमा लगातार ७ दिन सम्म शान्तिकुन्ज हरिद्धारका प्रसिद्ध कथावाचक जितेन्द्र मिश्राजीले कथा बाचन गर्ने, दैनिक पुजा प्राथना गरिने, सँगीतमय कार्यक्रम तथा प्रज्ञापुराण बाचन हुने कोषाध्यक्ष सिँहले बताउनु भयो ।
गायत्री यज्ञ स्थलमा प्रसिद्ध तथा यस क्षेत्रकै सबै भन्दा पुरानो र बिशाल सिवालय समेत रहेकोले पालिकाका बिभिन्न गाँउ र भारतीय गाँउहरुबाट समेत दैनिक भक्तजनहरुको भीड लाग्ने गरेको छ । सोनबर्षामा रहेको शिवालयमा प्रायः हरेक बर्ष गायत्रीपीठले गायत्री यज्ञ आयोजना गर्ने गरेको बताईएको छ ।









