बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालनमा

0
117

नेपालगन्ज,६ फाल्गुन ।काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।

बुधबार बिहान टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगो लगाएर तनावग्रस्त भएको थियो । त्यसपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । ओमनको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मी नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए । अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।

बा प्र ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा प्र ०१–००४ क ३४२३ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक प्रधान गम्भीर घाइते भएका थिए । उनलाई तत्काल शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घटनास्थलमा करिब २००–३०० जना स्थानीय भेला भई सडक अवरुद्ध गरेका थिए । आक्रोशित भीडले टिपरमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अस्रुग्यास प्रहार गरेको थियो । केही समय तनावग्रस्त बनेको क्षेत्रबाट पछि टिपर हटाइएपछि सडक पुनः सूचारु गरिएको प्रहरीले ।

टिपर चालक इन्द्रावती गाउँपालिका–६ निवासी ३२ वर्षीय दिपक रोक्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै राखिएको थियो । दुर्घटनापछि बनेपा बजार क्षेत्र केही समय अस्तव्यस्त बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here