राष्ट्रियसभा बैठकबाट तीन अध्यादेश स्वीकृत

0
99

नेपालगञ्ज,१९ माघ । राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतका लागि प्रस्तुत गरेका थिए ।

प्रस्तावलाई अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो । सभाको अर्को बैठक यही माघ २३ गते शुक्रबार १ः१५ बजे बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here