नेपालगन्ज,४ फाल्गुन ।प्रहरीले नागढुंगाबाट पेस्तोल र ४ राउण्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शुक्रबार साँझ काठमाडौस्थित चन्द्रागिरी नगरपालिका– २ नागढुंगाको चेक प्वाइन्टमा चितवनबाट काठमाडौं आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई चेक–जाँच गर्ने क्रममा पेस्तोल र ४ राउण्ड गोलीसहित कीर्तिपुर नगरपालिका– २ बस्ने वर्ष ३० का केयुर पुरीलाई पक्राउ गरिएको हो ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चेक–जाँचको क्रममा उक्त कारमा कालो रङको झोलाभित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा फेला परेको पेस्तोल र ४ राउण्ड गोली फेला परेको हो ।
पक्राउ परेका युवकको विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर विभिन्न सीमा–नाकामा कडाई गरिएको प्रहरीले जनाएको छ ।











