रास्वपा प्रवेश गर्न कांग्रेस नेता हेलिकप्टर चढेर काठमाडौँमा

0
81

नेपालगन्ज,१ फाल्गुन ।नेपाली कांग्रेसका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।

विहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँ पुगेर रास्वपा प्रवेश गरेको रास्वपा संखुवासभाका सभापति भक्तनारायण श्रेष्ठले बताए। उनका अनुसार रास्वपाका उम्मेदवार मिङमा शेर्पाको विशेष पहलमा राई पार्टी प्रवेश गरेका हुन्।

उम्मेदवार शेर्पा पनि कांग्रेस महासमिति सदस्य थिए। उनीसँगै नेकपा एमालेका भ्रातृ संगठन खेलकुद महासंघका अध्यक्ष सुनिल श्रेष्ठ पनि रास्वपा प्रदेश गरेका हुन्।

राई र श्रेष्ठ दुवैजना तुम्लिङटार काठमाडौँको जहाज मौसम खराबीका कारण रद्द भएपछि हेलिकप्टर चढेर काठमाडौँ पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here