कांग्रेस–एमालेबाट शून्य, नेकपाबाट १ जना

0
78

सुदूरपश्चिमबाट उम्मेदवारी दर्तामा महिलालाई उपेक्षा

नेपालगञ्ज,१८ माघ । फागुन २१ गते हुने चुनावका लागि सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हेर्दा प्रमुख दलले महिलालाई हदैसम्मको उपेक्षा गरेको पाइएको छ । प्रमुख दलमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेशका कुनै पनि क्षेत्रमा महिला उम्मेदवार नै उठाएका छैनन् । डेढ दर्जनभन्दा बढी पार्टी भेला गरेर बनेको र आफूलाई समावेशी र समानुपातिक प्रतिनिधित्वको वकालत गर्ने पार्टी दाबी गर्ने नेकपाले पनि जम्मा १ जना महिलालाई उम्मेदवार बनाएको छ । त्यो पनि पार्टी संयोजक पुष्पकमद दाहालक प्रचण्डकी बुहारीलाई । नेकपाबाट विना मगर कञ्चनपुर–१ बाट उम्मेदवार बनकी छिन् ।

प्रदेशभरिका विभिन्न निर्वाचन क्षेत्रमा १८ महिला चुनावी मैदानमा उत्रिएका छन् । साविकको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली–१ बाट कोमल ज्ञवालीलाई चुनावी मैदानमा उतारेको छ । प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाउने दल नेपाल मजदुर किसान पार्टी छ । नेमकिपाले कैलाली–१ मा सुनिता भण्डारी, कैलाली–२ मा लक्ष्मी पुनमगर, कैलाली–३ मा जुुनु महतरा शाही, कैलाली–४ मा अमृता भूल र कैलाली–५ मा तृष्णा पुनमगरलाई उम्मेदवार बनाएको छ । मितेरी नेपाल पार्टीले कैलाली–२ मा सम्झना विष्ट थापा, कैलाली–३ मा सुशीला थापामगर र कैलाली–५ मा राधिकाकुमारी कार्की र डोटी जिल्लाबाट सरस्वतीकुमार पाल मल्ललाई उठाएको छ । त्यस्तै, आमजनता पार्टीले कैलाली–१ मा रूपाकुमारी चौधरी, कञ्चनपुर–१ मा सीता विक र कञ्चनपुर–३ मा लक्ष्मीकुमारी विष्टलाई प्रत्यासी बनाएको छ ।

यस्तै, नाउपा नेपालले कञ्चनपुर–२ बाट प्रेमवती राना र राष्ट्रिय जनमोर्चाले कैलाली–५ मा शोभामणि जोशीलाई उम्मेदवार बनाएको छ । मञ्जुदेवी सुनार र रूपादेवी विष्ट कञ्चनपुर–१ मा स्वतन्त्र उम्मेदवार छन् । प्रदेशका १६ निर्वाचन क्षेत्रमा पुरुष र महिला गरी २०६ उम्मेदवार छन् । प्रदेशमा सबैभन्दा बढी उम्मेदवार कञ्चनपुर–१ र २ मा १९÷१९ जना छन् । सबैभन्दा कम बझाङमा जम्मा ७ उम्मेदवार छन् । देशभर ३ हजार ४०६ जना उम्मेदवारमध्ये महिला उम्मेदवार ३८८ जना छन् । यस हिसाबमा देशभर करिब ११.३९ प्रतिशत महिला उम्मेदवार छन् । तर, सुदूरपश्चिम प्रदेशमा भने जम्मा ८.७४ प्रतिशत मात्र महिला उम्मेदवार छन् ।

विघटित संसद्का ५ सदस्य पनि उम्मेदवार

कांग्रेस नेता एवं विघटित प्रतिनिधिसभा सदस्य एनपी साउद कञ्चनपुर–२ बाट पुनः उम्मेदवार बनेका छन् । विघटित प्रतिनिधिसभाका सदस्य एवं नेकपा एमालेका नेता दामोदर भण्डारी बैतडीबाट र अर्का नेता तारा लामा तामाङ कञ्चनपुर–१ बाट र कांग्रेस नेता पुष्पकुमार शाही अछाम–२ बाट पुनः चुनावी प्रतिस्पर्धामा छन् । नेकपाबाट प्रेम आले कैलाली–५ मा उम्मेदवार बनेका छन् । आले अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एसबाट डोटीमा उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here