टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

0
119

नेपालगन्ज,२ फागुन ।पाल्पाला टिपरले मोटरसाइकललाई ठक्कर दिदा शनिवार  दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगरका २८ वर्षीया सीता राना, गुल्मीको कालीगण्डकी गाउँपालिका ४ पुर्तीघाटका ३१ वर्षीय मिलन सार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।

बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु२ख १८८३ नम्बरको टिपरले  सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ दोभानमा दिउँसो साढे २ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चौधरीले बताए।

घाइते उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here